कालीगण्डकी कोरिडोरको निर्माण ८५ प्रतिशत सम्पन्न
काठमाडौं,पुस ३ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) खण्डको निर्माण तीव्र गतिमा अघि बढिरहेको छ।
भारतको त्रिवेणी नाकादेखि चीनको कोरला नाकासम्म जोड्ने यस कोरिडोरको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ८१.६ प्रतिशत पुगेको छ।
मालढुङ्गादेखि कोरला नाकासम्म २०२ किलोमिटर लम्बाइ रहेको खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ भने ८८ किलोमिटर कालोपत्र र १६ वटा पुल निर्माण पूरा भएका छन्।
कुल १० अर्ब ५७ करोड लागतको आयोजनामा हालसम्म ८ अर्ब २० करोड खर्च भइसकेको छ।
निर्माण सम्पन्न भएपछि व्यापार, पर्यटन, जलविद्युत् विकास र कोरला नाका सञ्चालन थप सहज हुने अपेक्षा गरिएको छ।

