नेपाल ट्रस्ट जग्गा प्रकरण: सिआइबीले ६ अर्ब ३४ करोड बिगो माग गर्दै मुद्दा चलाउन सिफारिस



काठमाडौं,पुस ३ । काठमाडौँ दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा अनियमितता भएको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

सिआइबीले पूर्वसचिव अर्जुनबहादुर कार्की, तत्कालीन सहसचिव लेखबहादुर कार्की तथा यति समूह अन्तर्गतको थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र कम्पनीलाई प्रतिवादी बनाई ठगी तथा आपराधिक लाभको कसुरमा ६ अर्ब ३४ करोड १२ लाख ९८ हजार रुपैयाँ बिगो माग गर्दै मुद्दा चलाउन सिफारिस गरेको हो।

अनुसन्धानमा अत्यन्त कम मूल्यमा दीर्घकालीन (३३ वर्ष) भाडा सम्झौता गरी राज्यलाई अर्बौं नोक्सानी पुर्‍याइएको ठहर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्