जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेतको पीडा: उपचार, रोजगारी र सुशासनको प्रतीक्षा



काठमाडौं,पुस ३ । जेनजी आन्दोलनका क्रममा टाउकोमा गोली लागेर गम्भीर घाइते भएका दैलेखका दीपेन्द्र बस्नेत अहिले पनि उपचारकै क्रममा छन् ।

गोली लागेपछि उहाँको दायाँ आँखा पूर्ण रूपमा गुमेको छ भने बायाँ आँखाको दृष्टि ६६ प्रतिशत मात्र बाँकी छ । शरीरको देब्रे भाग प्यारालाइसिस भएकाले नियमित फिजियोथेरापी र आँखा उपचार गराइरहनुभएको छ ।

वैदेशिक रोजगारीका लागि स्लोभाकिया जान लाग्नुभएका बस्नेतको सपना आन्दोलनपछि चकनाचुर भएको छ । म्यानपावरलाई बुझाएको दुई लाख रुपियाँसमेत फिर्ता नपाएको उहाँको गुनासो छ ।

उपचारका लागि श्रीमती सिर्जना खड्काको सहारामा जीवन चलाइरहनुभएको बस्नेत परिवारले सरकारसँग पूर्ण निःशुल्क उपचार, रोजगारीको व्यवस्था र छोराको निःशुल्क शिक्षाको माग गरेका छन् ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको उपचार सरकारले निःशुल्क गरिरहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्