एमाले नेतृत्व चयनको मतदान सम्पन्न, मतगणनाको यस्तो छ तयारी



काठमाडौं,पुस ३ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेसँगै प्रक्रिया टुंगिएको हो । मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित रहे ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे आमनेसामने छन् । अन्य पदाधिकारीमा पनि दुवै पक्षका प्यानल प्रतिस्पर्धामा छन् ।

हाल ८० वटा विद्युतीय भोटिङ मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । प्रत्येक मेसिनको मुचुल्का तयार गर्न करिब दुई मिनेट लाग्ने अनुमान गरिएको छ, जसअनुसार सबै मेसिनको मुचुल्का तयार गर्न करिब १ सय ६० मिनेट समय लाग्नेछ । त्यसपछि मेसिन लक गरी अलग–अलग कोड नम्बरका आधारमा चिप्स सिल गरिने एमालेले जनाएको छ ।

सबै चिप्स सेन्टर कलेक्सनमा जम्मा भएपछि सर्वपक्षीय बैठक बस्ने र त्यसपछि मात्रै मतपरिणाम सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्