केपी शर्मा ओली एमाले अध्यक्षमा पुनः निर्वाचित
काठमाडौँ,पुस ३। नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । निर्वाचनको औपचारिक घोषणा भने अझै हुन बाँकी रहेको आयोगले जनाएको छ ।

