एमाले ११औँ महाधिवेशनः उपाध्यक्ष र पदाधिकारीमा नयाँ नेतृत्व चयन
काठमाडौँ,पुस ३ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट पाँच जना उपाध्यक्ष निर्वाचित भएका छन् । उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले सर्वाधिक १७३७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँलाई ‘म्यान अफ दि इलेक्सन’समेत मानिएको छ ।
अन्य उपाध्यक्षमा विष्णुप्रसाद पौडेलले १६७५, रामबहादुर थापाले १५१६, गोकर्णराज विष्टले १३६८ र रघुजी पन्तले १२५८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
तीन उपमहासचिवमा लेखराज भट्ट १४५२, रघुवीर महासेठ १३६८ र योगेश भट्टराई १३४८ मतसहित निर्वाचित हुनुभएको छ ।
महासचिव पदमा शङ्कर पोखरेल १२२८ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरी पराजित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

