नुवाकोटबाट ओली प्यानलका उम्मेदवार मात्रै केन्द्रीय सदस्यमा विजयी



काठमाडौं,पुस ३। नेकपा एमालेको ११औँ महाधिवेशनमा नुवाकोट जिल्लाबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका नेताहरूमध्ये अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारहरूले मात्र सफलता हासिल गरेका छन् ।

नुवाकोटबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी विन्दा ढुंगानाले सर्वाधिक १ हजार ८०७ मत प्राप्त गर्दै सानदार जित निकालेकी छन् । त्यसैगरी अर्का उम्मेदवार केशव पाण्डेले १ हजार ५७१ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

यता ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका नुवाकोटका पुराना नेता नारायण खतिवडा भने पराजित हुनुभएको छ । उहाँले ६७० मत मात्रै प्राप्त गर्नुभयो । त्यस्तै, खुला केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी उषाकिरण तिमिल्सिनाले १ हजार ७५ मत प्राप्त गरे पनि पराजय भोग्नुपरेको छ । प्राप्त मत संख्या सम्मानजनक रहे पनि उहाँ विजयी हुन सक्नुभएन ।

यसैगरी नुवाकोटबाट उम्मेदवार बनेका बुद्ध लोप्चन पनि केन्द्रीय सदस्यमा पराजित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्