उच्च अदालतको आदेशपछि रवि लामिछाने धरौटीमा रिहा हुने



काठमाडौं,पुस ३ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिगो बराबर दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो।

अदालतले लामिछानेले आफ्नो दायित्व बराबरको बिगो राख्न तयार रहेको भनी निवेदन दिएको आधारमा यसअघि पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गरेको जनाएको छ। धरौटी रकम बुझाएपछि उनी थुनामुक्त हुने छन्।

यस आदेशसँगै नख्खु कारागारमा रहेका लामिछाने रिहा हुने बाटो खुलेको छ।

प्रतिक्रिया दिनुहोस्