एमाले महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौँ,पुस ३ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक शपथ लिएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूको वर्चस्व रहेको छ ।
महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । निर्वाचन परिणामपछि ओली समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै एमालेको आगामी कार्यदिशा र संगठन सुदृढीकरणमा गति आउने अपेक्षा गरिएको छ ।

