एमाले महाधिवेशनबाट २४ बुँदे राजनीतिक प्रस्ताव पारित



काठमाडौँ,पुस ४ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषय समेटिएको २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

प्रस्तावमा संसद् पुनःस्थापनासहित लोकतन्त्र, संविधान, सुशासन र समृद्धिको मार्गमा मुलुकलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । महाधिवेशनले भदौ २३ र २४ गते भएका घटनाको स्वतन्त्र छानबिन, दोषीमाथि कारबाही र शान्ति–सुरक्षाको वातावरण निर्माणको माग गरेको छ ।

समापनसत्रमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमाले अब विकास, सुशासन र लोकतान्त्रिक स्थायित्वको बाटोमा अघि बढ्ने उद्घोष गर्नुभयो । महाधिवेशनले सहिद तथा पार्टीका अग्रज नेताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक शक्तिहरूलाई संवाद र सहकार्यका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्