एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज



काठमाडौं,पुस ४। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बोलाइएको छ ।

बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने एमाले सचिव डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको हो ।

आजको बैठकमा महाधिवेशनका निर्णय कार्यान्वयन, कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्