रवि लामिछाने आज रिहा हुँदै, स्वागतका लागि रास्वपाको विशेष कार्यक्रम



काठमाडौँ,पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुँदैछन् । रास्वपाले उनको रिहाइलाई विशेष बनाउन विभिन्न कार्यक्रम तय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

प्रवक्ता झाका अनुसार आज बिहान ७ः५५ बजेको उडानमार्फत नख्खु कारागारबाट रविलाई रूपन्देही लगिनेछ । रूपन्देही जिल्ला अदालतमा आवश्यक अदालती प्रक्रिया पूरा भएपछि अदालतले रिहाइ पत्र दिएर परिवारको जिम्मा लगाउनेछ । सो प्रक्रिया करिब मध्यदिन १२ बजेसम्म सम्पन्न हुने जनाइएको छ ।

रिहाइपछि रविले रूपन्देही र भैरहवामा नेता, कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो १ बजे स्थलमार्गबाट नवलपरासी र चितवनतर्फ प्रस्थान गर्ने र बाटोका विभिन्न स्थानमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

रवि शुक्रबार साँझ चितवन पुग्नेछन् । शनिबार बिहान ११ बजे भरतपुरमा खुला सभालाई सम्बोधन गरेपछि उनी हवाई मार्ग हुँदै काठमाडौँ फर्कनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि उनी पार्टी कार्यालय वनस्थली पुगेर जेनजी आन्दोलनका शहीदका परिवार तथा घाइतेहरूसँग भेट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्