सरकारले समानुपातिक निर्वाचनमा जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गर्ने अध्यादेश ल्यायो



काठमाडौं,पुस ४ । सरकारले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जनसङ्ख्याको आधारमा समावेशी समूहको प्रतिशत निर्धारण गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले निर्वाचन ऐन संशोधनसम्बन्धी अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

अध्यादेशमार्फत दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायको राष्ट्रिय जनगणना २०७८ अनुसारको जनसङ्ख्याका आधारमा प्रतिशत मिलान गरिनेछ । यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची परिमार्जन गरिने जनाइएको छ ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सिट समानुपातिक प्रणालीबाट भरिने व्यवस्था अनुसार दलहरूले जनसङ्ख्याको प्रतिशतका आधारमा उम्मेदवारको बन्दसूची पेस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्