उत्तरगयामा श्राद्ध गर्ने श्रद्धालुको घुइँचो
रसुवा,पुस ४ । पौष कृष्ण पक्षको औँसीको अवसरमा आज नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीस्थित उत्तरगयामा श्राद्ध गर्ने श्रद्धालुको ठूलो घुइँचो लागेको छ ।
त्रिशूली, सलाखु र फलाँखु नदीको संगमस्थल त्रिवेणी बेत्रावतीमा श्राद्ध गरे पितृ उद्धार हुने धार्मिक विश्वास रहेकाले बिहानैदेखि विभिन्न जिल्लाबाट श्रद्धालुहरू उत्तरगयामा पुगेर श्राद्ध तथा तर्पण गर्दै आएका छन् ।
धार्मिक महत्वका कारण आज उत्तरगयामा विशेष चहलपहल देखिएको छ ।

