रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
रुपन्देही,पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा हुनुभएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार बिगोबापत तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत बुझाएर उहाँ रिहा हुनुभएको हो।
खराब मौसमका कारण उडान अवरुद्ध भएपछि उहाँलाई भरतपुर हुँदै सडकमार्गबाट रुपन्देही ल्याई आज साँझ अदालतमा उपस्थित गराइएको थियो।
रिहा हुँदै लामिछानेले न्याय अझै बाँकी रहेको र बोल्ने समय आउने बताउनुभयो।
सहकारी ठगीसम्बन्धी मुद्दामा रविसहित ४२ जनाविरुद्ध पाँच ५ करोडभन्दा बढी रकम अपचलनको अभियोग लागेको छ।

