मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई भारी बहुमतको विश्वासको मत



जनकपुरधाम,पुस ५ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट भारी बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ जना सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका छन् भने विपक्षमा एक पनि मत परेन ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै १० वटा राजनीतिक दलले मुख्यमन्त्री यादवलाई समर्थन गरेका हुन् ।

विश्वासको मत पाएपछि मुख्यमन्त्री यादवले सबै दलसँग समन्वय गर्दै संविधानको पालना, सुशासन र प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्