काठमाडौँ ‘रेडजोन’मा, चिसोसँगै प्रदूषण खतराको तहमा



काठमाडौं,पुस ५ । चिसो बढेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । वातावरण विभागका अनुसार वायु गुणस्तर सूचकाङ्क (AQI) १७२ सम्म पुगेर अस्वस्थ ‘रेडजोन’मा प्रवेश गरेको छ ।

रत्नपार्क, शङ्खपार्क र भक्तपुर क्षेत्रमा प्रदूषण बढी मापन भएको छ । उद्योग, सवारीसाधनको अत्यधिक चाप र विकास निर्माण प्रमुख कारण बनेका छन् । विज्ञहरूले बिहान–बेलुका बाहिर ननिस्कन, विशेषगरी बालबालिका, वृद्ध र बिरामीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यसैबीच बाक्लो हुस्सु र कुहिरोका कारण भैरहवा, नेपालगन्ज, धनगढी, जनकपुर र सिमराका हवाई उडान प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्