प्रतिनिधिसभा निर्वाचनका लागि ७४ मतदान स्थल थप, कुल संख्या १० हजार ९६७
काठमाडौं,पुस ५ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७४ वटा मतदान स्थल थप गरेको छ । यससँगै देशभर मतदान स्थलको संख्या १० हजार ९६७ पुगेको छ । अघिल्लो निर्वाचनमा १० हजार ८९२ मतदान स्थल रहेका थिए ।
आयोगका अनुसार मतदातालाई मतदान गर्न लामो दूरी तय गर्नुपर्ने गुनासो आएपछि जिल्लाबाट प्राप्त सिफारिसका आधारमा मतदान स्थल थप गरिएको हो । मतदान स्थलका आधारमा मतदान केन्द्र निर्धारण गरिने र सामान्यतया प्रतिकेन्द्र १ हजार ६४ मतदाता रहने व्यवस्था छ ।
हाल मतदाता नामावली अद्यावधिक प्रक्रियामा रहेको आयोगले जनाएको छ । अद्यावधिक नभएसम्म करिब १ करोड ९० लाख मतदाता रहेको अनुमान गरिएको छ ।

