जेनजी आन्दोलनका घाइते र मृतक परिवारलाई निःशुल्क वैदेशिक रोजगारीको सहजीकरण



काठमाडौं,पुस ५ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा मृत्यु भएका परिवारका सदस्य वैदेशिक रोजगारीमा जान चाहेमा निःशुल्क पठाउने सहजीकरण प्रक्रिया सुरु गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायीसँग समन्वय गरी उनीहरूलाई खर्चरहित रूपमा विदेश पठाउने व्यवस्था मिलाउने जनाएको हो ।

यसका साथै, घाइते र मृतकका परिवारका सदस्यलाई आन्तरिक रोजगारीमा जोड्न आवश्यक सिपमूलक तालिम उपलब्ध गराइनेछ । व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान र अन्य सरकारी निकायमार्फत तालिम दिएर सुरक्षित र मर्यादित रोजगारी सुनिश्चित गर्ने मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्