सार्वजनिक खर्च पारदर्शी नहुँदा नागरिकको विश्वास खस्किँदै : मन्त्री सिन्हा



काठमाडौं,पुस ५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्च पारदर्शी र जवाफदेही नहुँदा आमनागरिकको राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको नीति संवादमा उहाँले स्रोतको अभावभन्दा खर्चको उपयोगिता, कार्यान्वयन क्षमता र आर्थिक सुशासन कमजोर हुनु मुख्य समस्या रहेको उल्लेख गर्नुभयो ।

सार्वजनिक खर्चको दुरुपयोगले नागरिक असन्तोष बढेको र त्यसको प्रभाव जेनजी आन्दोलनमा देखिएको उहाँको भनाइ छ । वर्तमान सरकार आर्थिक सुशासन र पारदर्शिता कायम गर्न प्रतिबद्ध रहेको पनि मन्त्री सिन्हाले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्