देशका पहाडी क्षेत्रमा आंशिक बदली, तराई र उपत्यकामा हुस्सु–कुहिरो



काठमाडौँ,पुस ५। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई र काठमाडौँ उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहनेछ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्