भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्यालीसहित सुरु
काठमाडौँ,पुस ५। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा र्यालीसहित सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा आज आयोजना गरिएको सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्याली निकालिएको हो।
बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी तथा विशेष प्रदेश कमिटीको आयोजनामा भएको उक्त सभामा र्याली भृकुटीमण्डप पुगेपछि औपचारिक कार्यक्रम सुरु हुने छ।
सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

