एमाले पनि भित्रभित्रै निर्वाचनको तयारीमा लागेको प्रचण्डको दाबी



काठमाडौं,पुस ५ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) पनि निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ।

शनिबार काठमाडौँमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै दाहालले बाहिर जे बोले पनि एमालेले भित्री रूपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गर्नुभयो।

निर्वाचन मुलुकलाई निकास दिने सबैभन्दा सहज विकल्प भएको उल्लेख गर्दै उहाँले दोहोरो चरित्र नदेखाई निर्वाचन प्रक्रिया अघि बढाउन एकताबद्ध हुन एमालेलाई आग्रह गर्नुभयो।

अध्यक्ष दाहालले नेपाली जनता निर्वाचनका लागि तयारी अवस्थामा अघि बढिरहेको र नेपाली कांग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरिसकेकाले अब निर्वाचन सम्पन्न गर्नु नै राष्ट्रको मुख्य कार्य भएको धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्