विन्द्राचलधाम–छहरे दोभानमा वैदिक सनातन कर्मकाण्ड सेवा संस्थाको कार्यालय उद्घाटन
नुवाकोट,पुस ५। विन्द्राचलधाम–छहरे दोभानमा स्थापित ॐ वैदिक सनातन कर्मकाण्ड सेवा संस्थाको कार्यालयको उद्घाटन गरिएको छ। लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको संगमस्थलमा रहेको संस्थाको भवन नेकपा (एमाले) नुवाकोटका अध्यक्ष तथा पूर्वमन्त्री बद्री मैनालीले उद्घाटन गर्नुभयो।
संस्थाका अध्यक्ष बालकृष्ण (कृष्ण) कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुशीलकुमार खड्का र सनातन धर्म बागमती प्रदेश अध्यक्ष बासुदेव थपलिया विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा वक्ताहरूले वैदिक सनातन धर्म, संस्कार संरक्षण तथा सामाजिक सद्भाव प्रवर्द्धनमा संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। संस्थामार्फत धार्मिक–सांस्कृतिक गतिविधिलाई व्यवस्थित गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरिने अपेक्षा गरिएको छ।

