दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण, दुई महिनाभित्र सहज यातायात सञ्चालनको निर्देशन
दाउन्ने,पुस ६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ। सडक विस्तारमा देखिएको ढिलासुस्तीको कारण बुझ्न मन्त्री घिसिङ स्वयं निरीक्षणमा पुग्नुभएको हो।
निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माण कार्यलाई तीव्रता दिन ठेकेदार पक्षलाई निर्देशन दिनुभएको छ। उहाँले सडक विस्तारका लागि आवश्यक मेसिन र मजदुर तत्काल थप गरी दुई महिनाभित्र सहज रूपमा यातायात सञ्चालन हुन सक्ने अवस्था तयार गर्न निर्देशन दिनुभयो।
सडक निर्माणमा भइरहेको ढिलाइले यात्रु तथा सवारी साधनलाई समस्या भइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले समयमै काम सम्पन्न गर्न सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो।

