देशभर आंशिक बदली, तराईमा हुस्सु; यातायातमा प्रभाव पर्ने सम्भावना



काठमाडौँ,पुस ६— हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार बिहान पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु लागेको छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ भने राति पनि यही अवस्था कायम रहने महाशाखाको भनाइ छ। तराईका भूभागमा तापक्रम हल्का घट्ने र हुस्सु लाग्ने सम्भावना रहेकाले बिहानको समयमा सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने मौसमविद्ले जनाएका छन्।

महाशाखाले चिसो र हुस्सुका कारण यात्रामा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको

प्रतिक्रिया दिनुहोस्