दार्चुलामा जिप दुर्घटना, एकको मृत्यु एक घाइते



दार्चुला,पुस ६ । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति करिब ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१०–०१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा मार्मा गाउँपालिका–६ का केशवराज जोशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप चालक माधव महरा घाइते भएका छन्। उनलाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ। चालकसहित दुईजना सवार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्