हालसम्मकै उच्च बिन्दुमा चाँदी, सुनकाे मूल्य घट्याे



काठमाडौं,पुस ६ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रूपैयाँ कायम भएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतिताेला २००० रूपैयाँ घटेर २ लाख ५८ हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यता आज चाँदीकाे मूल्य भने ताेलामा एकैदिन १०० रूपैयाँ बढेकाे छ । चाँदीकाे मूल्य आज प्रतिताेला ४ हजार १ सय ५ रूपैयाँ कायम भएकाे छ । गत शुक्रबार चाँदी ४ हजार ५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्