प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच आज भेटवार्ता



काठमाडौँ,पुस ६ । प्रधानमन्त्री शुसिला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार साँझ साढे ६ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेट तय गरिएको हो।

भेटवार्तामा रास्वपाका शीर्ष नेताहरूको समेत सहभागिता रहनेछ। रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेलगायत नेताहरू भेटमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रास्वपाको केन्द्रीय समिति बैठक सम्पन्न भएपछि सभापति लामिछानेसहित पार्टीका नेताहरू बालुवाटार जाने कार्यक्रम रहेको जनाइएको छ। भेटवार्तामा समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्