अमेरिका लगिदिन्छु भन्दै ठगी गर्ने पक्राउ 



काठमाडौं,पुस ६ । आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ परेका छन् । धादिङ निलकण–१३ घर भएका हाल ललितपुर महानगरपालिका–४ बस्तै आएका २४ वर्षीय सुजन आले मगर पक्राउ परेका छन् । 

मगरलाई प्रहरीले काठमाडौ–११ बाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान टेकुका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए । उनका अनुसार मगरलाई २ लाख ५५ हजार रुपैयाँ बिगो रकम सहित मुद्दा दर्ता गरिएको छ । 

मगर विरुद्ध थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाइएको आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्