नुवाकोटमा धामी–झाँक्रीलाई स्वास्थ्यसम्बन्धी तालिम
नुवाकोट, पुस ७ । दुप्चेश्वर गाउँपालिकाको समन्वय तथा गुड नेबर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत धामी–झाँक्रीलाई स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ करेजुङ र वडा नम्बर ७ शिखरबेशीका धामी–झाँक्रीहरूको सहभागितामा आयोजित तालिममा स्वास्थ्य सचेतना, प्राथमिक उपचार, सरसफाइ र समुदायमा स्वास्थ्य व्यवहार सुधारका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिमले परम्परागत उपचार पद्धतिमा संलग्न धामी–झाँक्रीहरूलाई आधारभूत स्वास्थ्य ज्ञान प्रदान गरी समुदायको स्वास्थ्य प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

