कालिकादेवी आवि लिखु–५ का विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा सहयोग
नुवाकोट,पुस ७। “सेवानै धर्म हो” भन्ने भावनाका साथ लायन्स क्लब विशाल बजार र लियो क्लब विशाल बजारको सहयोगमा लिखु गाउँपालिका–५ स्थित कालिकादेवी आधारभूत विद्यालयमा अध्ययनरत बालिकालाई शैक्षिक सामग्री, झोला तथा न्यानो कपडा वितरण गरिएको छ ।
विद्यालयमा सञ्चालन गरिएको स्कुल सपोर्ट कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरूलाई आवश्यक शैक्षिक सामग्रीसहित जाडो मौसमलाई ध्यानमा राख्दै न्यानो कपडा प्रदान गरिएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने लायन्स क्लब विशाल बजार र लियो क्लब विशाल बजारका पदाधिकारी तथा सदस्यप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन् ।
साथै कार्यक्रम समन्वयमा सक्रिय भूमिका निर्वाह गर्नु हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा समाजसेवी होमबहादुर श्रेष्ठ र विद्यालय प्रशासनप्रति विशेष धन्यवाद ज्ञापन गरिएको विद्यालयका प्रधानाध्यापक मधुसूदन पौडेलले जानकारी दिए ।

