सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा युवा प्रदर्शन



काठमाडौँ, पुस ७ । मिराज ढुंगानासहितका युवाहरूले सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

उनीहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘सुशीलाको पाराले दुःख पायौँ हामी साराले’ लेखिएको प्लेकार्ड बोकेर सरकारको आलोचना गरेका थिए ।

प्रदर्शन शान्तिपूर्ण रहेको भए पनि सुरक्षाका लागि माइतीघर क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

प्रदर्शनकारीहरूले देशको निकासका लागि सर्वपक्षीय सरकार आवश्यक भएको बताउँदै आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्