निर्वाचनको मितिमै शंका : फागुन २१ मा चुनाव हुन्छ भन्ने आधार छैन — एमाले



काठमाडौँ,पुस ७ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुने विषयमा सरकारले विश्वसनीय आधार दिन नसकेको आरोप लगाएको छ ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा एमालेका सचिव महेश बस्नेतले तोकिएको मितिमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभएको हो ।

चिव बस्नेतले दलका नेतामाथि स्थानहद लगाउनेजस्ता विषयले निर्वाचन समयमै हुने विश्वास कमजोर बनेको बताउनुभयो । उहाँले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार गम्भीर नदेखिएको आरोप पनि लगाउनुभयो ।

बैठकमा बोल्दै सचिव बस्नेतले सरकारले लोकतान्त्रिक पद्धति विपरीत अध्यादेश ल्याउने काम गरिरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले यस्तो अवस्थाले निर्वाचन प्रक्रियामै प्रश्न उठ्ने बताउँदै सरकारलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्