पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो
काठमाडौँ,पुस ८ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार बिहान सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली देखिएको छ भने तराईका धेरै स्थानमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार दिउँसो र राति देशभर मौसम प्रायः सफा रहनेछ। तर तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावका कारण बिहानको समयमा सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्ने जनाइएको छ।

