गोरखाको लसुने जङ्गलमा मानव कङ्गाल फेला, मोबाइलबाट जंगबहादुर गुरुङसँग सम्बन्ध पुष्टि



गोरखा,पुस ८ । गोरखा नगरपालिका–५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ। सोमबार बेलुका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेसँगै घटना सार्वजनिक भएको हो।

िल्ला प्रहरी कार्यालय गोरखाका अनुसार कङ्गालसँगै एक थान किप्याड मोबाइल फोन, एक जोर जुत्ता, ट्रयाक पाइन्ट र कमिज बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा कङ्गालको पहिचान खुल्न नसके पनि घटनास्थलमा भेटिएको मोबाइल फोन बारपाक सुलिकोट गाउँपालिका–३ का ४० वर्षीय जंगबहादुर गुरुङको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोबाइलको कलरेकर्ड र अन्य प्राविधिक विवरणका आधारमा थप अनुसन्धान भइरहेको छ। कङ्गाल लामो समयदेखि जङ्गलमै रहेको अनुमान गरिए पनि मृत्युको कारण, समय र अवस्था भने अझै एकिन हुन सकेको छैन।

घटनालाई गम्भीर रूपमा लिएर कङ्गाललाई सुरक्षित रूपमा नियन्त्रणमा लिई वैज्ञानिक परीक्षण तथा पहिचान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। साथै, घटनासँग सम्बन्धित कुनै जानकारी भएमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्