जाडो बढेपछि गौर नगरपालिकाका विद्यालयमा चार दिन बिदा



रौतहट,पुस ८ । रौतहटको गौर नगरपालिकाले अत्यधिक जाडोका कारण पठनपाठन प्रभावित हुने भन्दै पुस ८ देखि ११ गतेसम्म चार दिन विद्यालयमा जाडो बिदा दिएको छ।

केही दिनयता चिसो अत्यधिक बढेपछि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर बिदा दिइएको गौर नगरपालिकाले जनाएको छ।

गरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरका अनुसार पुस ७ गतेको प्रमुखस्तरीय निर्णयअनुसार वर्षे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको हो। जाडोका कारण जनजीवन प्रभावित बनेको छ भने बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्