सुनको नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला साढे ५ हजार रूपैयाँ बढ्याे
काठमाडाैं,पुस ८ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। साेमबार एकैदिन ३४ सय रूपैयाँ बढेकाे सुनकाे मूल्य आज फेरी ५ हजार ५०० रूपैयाँ बढेकाे हाे ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ६७ हजार २०० रूपैयाँ कायम भएकाे छ ।
यसअघि हिजाे हालसम्मकै उच्च मूल्यमा सुन प्रतिताेला २ लाख ६१ हजार ७०० रूपैयाँ पुगेकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँ बढेकाे छ । सोमबार तोलामा ४ हजार २३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

