मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
झापा,पुस ९ । झापाको दमक नगरपालिका–७ लालिगुराँस टोलस्थित भित्री सडकमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
हनुमान मन्दिरतर्फबाट रतुवापुलतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१७ प ३३४४ नम्बरको २२० सीसी क्षमताको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकको पूर्वपट्टि पानी जमेको ढलको नालीमा पस्दा ३८ वर्षीय बिनोद राईको ज्यान गएको हो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

