बढेकाे बढ्यै सुन-चाँदीकाे मूल्य, बुधबार पनि बनायाे नयाँ किर्तिमान
काठमाडौं,पुस ९। बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । मंगलबार पनि उच्च रेकर्ड बनाएको सुनको मूल्य आज ताेलामा ९०० रूपैयाँ बढेकाे हाे । याेसँगै सुनकाे मूल्य आज नयाँ ऐतिहासिक बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ६८ हजार १०० रूपैयाँ कायम भएकाे छ ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ६७ हजार २०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यता आज चाँदीकाे मूल्य पनि एकैदिन १६५ रूपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेकाे छ । हिजाे ४ हजार २५५ रूपैयाँमा काराेबार भएकाे चाँदी आज ताेलाकाे ४ हजार ४ सय २० रूपैयाँ ताेकिएकाे छ । चाँदीकाे याे मूल्य हालसम्मकै उच्च हाे ।

