लिबियाका सेना प्रमुखसहित पाँच उच्च अधिकारी विमान दुर्घटनामा निधन
अङकरा,पुस ९ । टर्कीको राजधानी अङ्कारा नजिकै भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको निधन भएको छ।
त्रिपोलीतर्फ उडेको फाल्कन–५० विमान उडानपछि आपत्कालीन अवतरणको अनुरोध गरे पनि सम्पर्क टुटेपछि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
प्रारम्भिक अनुसन्धानमा विद्युतीय खराबी कारण दुर्घटना भएको बताइएको छ। घटनाप्रति लिबियाली सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

