नुवाकोट–१ मा हितबहादुर तामाङ र दिनेश थपलियाको उम्मेदवारी
नुवाकोट,पुस ९ । नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री तथा निवर्तमान सांसद हितबहादुर तामाङ नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारका रूपमा सिफारिस हुनुभएको छ ।
यसैबीच सोही क्षेत्रबाट दिनेश थपलियाको उम्मेदवारी पनि अघि सारिएको छ । लिखु गाउँ कमिटीको समर्थनमा थपलिया उम्मेदवार बनेका हुन् । लिखु गाउँपालिका–४ का स्थायी बासिन्दा थपलियाले २७ वर्ष लामो राजनीतिक यात्रामा दुई वर्ष जेल जीवनसमेत बिताइसक्नुभएको छ ।
नुवाकोट–१ मा दुवै नेताको सक्रियताले उम्मेदवारी प्रक्रियालाई थप चासोको विषय बनाएको छ । नुवाकोट -२ मा भने २४ जनाको उम्मेदवारी परेको एक श्रोतले जनाएको छ।

