जरिवाना नबुझाएका ६ राजनीतिक दलको दर्ता खारेज



काठमाडौं,पुस ९ । निर्वाचन आयोगले जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।  आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम तोकिएको जरिवाना नतिरेपछि ६ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरिएको हो।

दर्ता खारेज हुने दलहरूमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) तथा माओवादी जनमुक्ति पार्टी नेपाल  रहेका छन्।

प्रतिक्रिया दिनुहोस्