राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति



काठमाडौं,पुस ९। राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ।

दुई पार्टी बीच केहीबेर अघि मात्र एकता सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गर्नुभएको छ।

दुई पार्टीको एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्