शिवपुरीमा ६ दिने स्काउट आधारभूत तालिम सुरु



नुवाकोट,पुस ९। नेपाल स्काउट वागमती प्रदेश अन्तर्गत स्थानीय स्काउट कार्यालय शिवपुरीको आयोजनामा ११ वटा माध्यमिक विद्यालय र १ वटा आधारभूत विद्यालयका एक–एक जना शिक्षक तथा शिक्षिकाका लागि ६ दिने स्काउट आधारभूत तालिम कार्यक्रम सुरु भएको छ।

शिवपुरी गाउँपालिका उपाध्यक्ष विरबहादुर तामाङको सभापतित्व तथा गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको हो। कार्यक्रममा वडा अध्यक्षहरू, स्काउट प्रशिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापक, तालिममा सहभागी शिक्षक–शिक्षिका, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तालिमले विद्यालय तहमा स्काउट गतिविधि विस्तार, अनुशासन, नेतृत्व विकास र व्यवहारिक सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्यक्रम सफल सञ्चालनका लागि आयोजक कालिका माध्यमिक विद्यालय परिवार, समुन्द्रा माध्यमिक विद्यालय परिवार तथा स्थानीय सरकारप्रति धन्यवाद र आभार व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्