प्रचण्ड नुवाकोटबाट चुनाव लड्न आए हामी भाग्यमानी ठहरिन्छौँ : हितबहादुर तामाङ
नुवाकोट,पुस ९ । नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ का पूर्वमन्त्री तथा निवर्तमान सांसद हितबहादुर तामाङले नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटबाट निर्वाचन लड्न चाहे नुवाकोट पार्टी र कार्यकर्ताले स्वागत गर्न तयार रहेको बताएका छन्।
बुधबार आयोजित नुवाकोट क्षेत्र नम्बर १ उम्मेदवार छनोट तथा सिफारिस कार्यक्रममा बोल्दै तामाङले प्रचण्डजस्तो राष्ट्रिय नेतृत्व नुवाकोटबाट चुनाव लड्न आए यहाँका राजनीतिक दल तथा नागरिकहरूले आफूहरुलाई भाग्यमानी ठान्नुपर्ने धारणा व्यक्त गरे।
उनले नुवाकोट राजनीतिक, ऐतिहासिक र जनआन्दोलनको दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले यहाँबाट नेतृत्वले प्रतिनिधित्व गर्नु सकारात्मक सन्देश हुने बताए।
तामाङले पार्टी एकता, सहकार्य र जनअपेक्षाअनुसार नेतृत्व अगाडि बढ्नुपर्नेमा जोड दिँदै नुवाकोटले सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको उल्लेख गरे।
भिडियो हेर्नुस् :-

