नुवाकोटमा शिक्षकहरूलाई मनोसामाजिक परामर्श तालिम सम्पन्न



नुवाकोट,पुस १० । नुवाकोटमा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ।

एससी.ए.आई–अष्ट्रेलियाको आर्थिक तथा प्राविधिक सहयोग तथा रुडेक नेपालको आयोजनामा शिक्षा, छात्रवृत्ति तथा जीविकोपार्जन परियोजना अन्तर्गत तालिम सञ्चालन गरिएको हो।

तालिममा तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमले विद्यालयमा अध्ययनरत विद्यार्थीको मानसिक अवस्था बुझ्न, मनोसामाजिक समस्या पहिचान गर्न र आवश्यक परामर्श प्रदान गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

सहभागी शिक्षकहरूले यस्तो तालिमले विद्यालयमा सकारात्मक सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्