आज क्रिसमस डे : येशु ख्रीष्टको जन्म सम्झिँदै देशभर उत्सव



काठमाडौँ, पुस १० । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ। दुई हजार २५ वर्षअघि डिसेम्बर २५ मा इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशुले मुक्ति, प्रेम र शान्तिको सन्देश दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले यो दिनलाई विशेष पर्वका रूपमा मनाउने गर्छ। दिवसका अवसरमा महासङ्घ मूल समारोह समितिको आयोजनामा आज काठमाडौँमा क्रिसमस महोत्सव आयोजना गरिएको छ।

यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। महासङ्घका अनुसार नेपालमा हाल करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्