रेकर्ड मूल्यबाट घट्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडाैं,पुस १० । लगातार बढेर उच्च किर्तिमान बनाएकाे सुनचाँदिकाे मूल्य बिहिबार घटेकाे छ । हिजो तोलामा ९०० रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँ घटेर ४ हजार ४०० रुपैयाँ निर्धारण भएकाे छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ कारोबार भएको थियो ।

