एकीकृत शक्तिका रूपमा निर्वाचनमा जाने तयारीमा नयाँ राजनीतिक शक्तिहरू
काठमाडौं,पुस १० । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जेनजी अभियान्ता लगायतका नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू आगामी निर्वाचनमा एकीकृत शक्ति बनाएर जाने कसरतमा जुटेका छन्।
समानुपातिकतर्फ उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति नजिकिँदै जाँदा नयाँ दलहरूले भेटघाट, छलफल र बार्ता–संवादहरू तीव्र बनाउँदै लगेका हुन ।
केहि दिन यता भएका भेटघाटमा आशन्न निर्वाचनका लागि साझा एजेण्डा, सिट बाँडफाँड, उम्मेदवार छनोट र चुनावी रणनीतिबारे प्रारम्भिक छलफल भइरहेको बताइएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह सुधार र युवामुखी राजनीति साझा एजेण्डाका रूपमा अगाडि सार्ने तयारी उनिहरुले गरेका छन् ।
एकीकृत शक्तिका रूपमा निर्वाचनमा जाने विषयमा अझै औपचारिक सहमति नभएपनि आज दिनभर जसो काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबीच भएको संवाद भएको थियो ।
ललितपुरमा भएको छलफलमा जनेजी अभियान्ता सहित अन्य बैकल्पिक एवम् नयाँ भनिएका राजनीतिक शक्तिहरुको पनि उपस्थित रहेको बताइएको छ । अहिले पनि नयाँ राजनीतिक दल नेता र अभियान्त बीच एकीकृत बैकल्पिक शक्तिको एजेण्डा र भावि नेतृत्वको विषयमा छलफल जारी रहेको जनाइएको छ।
नयाँ शक्तिहरु भिन्न भिन्न भएर निर्वाचनमा जाँदा अपेक्षित परिणाम आउन नकस्ने निश्कर्ष सहित बैकल्पिक शक्तिहरु छलफलमा जुटेका हुन । नयाँ दलहरू साझा मोर्चामा निर्वाचनमा गए भने परम्परागत दलहरूलाई आफ्नो मत जोगाइ राख्ने सहज नहुँने विश्लेषण गरिएको छ ।

